काठमाडौं, २७ कात्तिक– नेपाली हास्य क्षेत्रका अग्रज कलाकार हरिवंश आचार्य शनिवार ५८ वर्ष पुगेका भएका छन् । उनी २०१४ सालमा काठमाडौंको गौरीधारामा जन्मिएका थिए । आचार्य टेलिभिजन तथा फिल्मी कलाकार मात्र नभएर गायक तथा गीतकार समेत हुन् । हरिवंशले आफ्ना सहकर्मी मदनकृष्ण श्रेष्ठसँगै मिलेर दर्जनौं टेलिफिल्ममा अभिनय गरेका छन् ।

मदनकृष्णसँग हरिवंशलाई जोडेर मह भनिने यो चर्चित नेपाली कलाकार जोडीले पञ्चायतकालमा थुप्रै नाटकहरूमा समेत अभिनय समेत गरेका थिए । आज पनि मह जोडीलाई नेपाली दर्शकश्रोता र जनताले उत्तिकै मन पराउँछन् । विभिन्न समय भएका आन्दोलनहरूमा समेत सचेत र जागरुक भूमिका खेलेको छ यो जोडीले ।

हरिवंश यतिखेर भने एक नेवारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिका गएको छोरा मोहीतले लोकान्तरलाई बताए । उनी एक हप्ता अघि अमेरिका गएका हुन् र एक हप्तापछि नेपाल फर्कने कार्यक्रम छ । नेपालमा रहँदा रेडियो अडियो एफएमले विभिन्न हाँस्य कलाकारहरूको जन्मदिन मनाउन क्रममा यिनको पनि जन्मदिन मनाउने चाँजोपाँजो मिलाएकोमा यसपटक त्यसो हुन नसकेको रेडियो अडियोका प्रभात लामाले जानकारी दिएका छन् ।

‘विगतका वर्षहरूमा भने घरमा केक काटेर उहाँको जन्मदिन मनाइन्थ्यो, बाबा अमेरिकामा हुने भएकाले यता जन्मदिन मनाउने कुरो भएन,’ मोहितले भने । हरिवंश टेलीफ्लिम र विभिन्न विज्ञापनका काममा व्यस्त हुने गरेको मोहितले बताए ।

यो सामाग्रि हामीले http://archive.lokaantar.com/sangit/42492 बाट साभार गरेका हौ ।

More Media