मेरी बास्सैका फर्सिलाल जापान जाँदै, टि.भि.कलाकारीता ब्रेक लाग्यो । रेडियोमा आउनेछु ।

असार ९, काठमाडौं । टेलिभिजन श्रृंखला मेरि बास्सैमा आउनु अघि रेडियो अडियोका विभिन्न कार्यक्रमबाट स्रोताको मन जितेका फसिलाल अर्थात् कुमार श्रेष्ठ यहि हप्ता जापान जाँदैछन् । थप अध्ययनका लागि जापान लाग्दै गरेका कुमारले भने, जापान लागे पछि टि.भि.कलाकारीतामा केहि बर्ष ब्रेक लाग्ने पक्का भो । तर सुचना प्रविधीको भरपुर प्रयोग गरेर भए पनि म रेडियो अडियोमा भने साप्ताहिक रुपपमा नियमित आउने छु ।

कुमारले रेडियो अडियो अनलाईन सर्भिससँग यी सम्बादहरु बेली रहँदा हाँस्य व्यंगकर्मीले राजा राजेन्द्र भने खुशि थिएनन् । राजेन्द्रको भनाईमा एउटा प्रतिभा पलायन हुँदैछ । नेपाली हाँस्य व्यंग मञ्चले एउटा होनाहार प्रतिभाको अभाव महसुश गर्नेछ । मेरि बास्सैमा फसिलाल बाहेक उनी रेडियो अडियोमा ईटहरि प्रसाद, भेना , ठुलो बा , लौकालाल , म्याजिक बक्सको जादुगर तथा विभिन्न क्यारेक्टमा आउँथे ।

यति मात्रै हैन चलन चल्तिका अधिकांश नेताको उनी डिट्टो क्यारिकेचर गर्न सक्छन् । उनको यो प्रतिभा जापान पुगे पछि पनि नरोकियोस् । रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाका अनुसार उनी बहुमुखी प्रतिभा हुन् । सित्तिमिति यस्तो प्रतिभा जन्मिदैनन् । मेहेनति , परिश्रमी र ईमान्दारको अर्को परिचय उनले रेडियो अडियोमा बनाएका थिए । कुमारको जापान यात्रा, बसाईको र उच्च अध्ययनको यो सपना छिट्टै पुराहोस् । हाम्रो शुभकामना ।

यो सामाग्रि मिति २०७२ साल असार ९ गते http://aradioaudio.com/news/1201  मा प्रकाशित भएको थियो ।

More Media