गजलकार प्रकट पगेनी ‘शिव’ले प्रेमिल गजल सुनाएर राजधानीको मण्डला थिएटर गुञ्जाएका छन। उनले २३ वटा गजल सुनाएका हुन् । गजल सुनाउने वातावरण रेडियो अडियो एफएम र फर्सि डटकमले मिलाएका थिए ।

थिएटरमा आयोजित ‘मण्डलामा उनै प्रकट’ एकल वाचनमा सोमबार साँझ दुई घन्टा दर्शकलाई मन्त्रमुग्ध बनाए प्रकटले । दर्शकहरु तीन सय रुपैयाँको टिकट काटेर गजल सुन्न हलभित्र बसेका थिए ।

गजल वाचनसँगै प्रेम दर्शन सुनाएर पगेनीले दर्शकको मन जिते । उनले गजलको रचना गर्भ सुनाउँदा दर्शकहरु रोमाञ्चित बने । प्रकटलाई बीच बीचमा रेडियो जक्कि राजा राजेन्द्रले साथ दिए । शिवको आराधना गरिने साउने सोमबार पारेर प्रेममय वातावरण सिर्जना गर्न एकल बाचनको मेसो जुराइएको रेडियो अडियोका स्टेशन म्यानेजर दिपेन्द्र खनियाले बताए ।

कार्यक्रममा कवि भोजराज न्यौपानेले प्रकटको कवि, गीतकार र गजलकार व्यक्त्विको चर्चा गरेका थिए । गजलकार पगेनीका दुई गीत संग्रह ‘यो मन कतै अल्झेको छ र जुनको चिठी जुनालाई’ प्रकाशित भैसकेको छ भने एउटा गजलकृति प्रणय वेदका ऋचाहरु प्रकाशित छ । चाँडै नै एउटा उपन्यास प्रकाशन हुन लागेको उनले जानकारी दिएका छन् ।

विसं २०६४ सालमा काठमाडौंमा पहिलोपटक एकल गजल वाचन आयोजना भएपछि पगेनीका धेरै ठाउँमा एकल वाचन भैसकेको छ । यही साउन १४ गते लायन्स क्लब अफ भद्रकालीले पोखरामा पनि एकल वाचन आयोजना गर्दैछ । त्यस बाहेक भदौमा बेनीमा र आउँदो जनवरीमा ओसाकामा समेत एकल वाचनको निम्तो पाइसकेका छन् प्रकटले।

यो सामाग्रि हामीले सेतोपाटी.कम मा मंगलबार, साउन ४, २०७३ प्रकाशित भएअनुसार साभार गरेका हौ । धन्यबाद सेतोपाटी.कम लाई
http://kala.setopati.com/news/4046/

More Media